के औंला पसाउँदा योनिको प्वाल ठूलो हुन्छ ?

पक्कै नै हाम्रा अन्य अङ्गहरूको नाप फरक भएजस्तै योनिको सामान्य अवस्थाको नापमा पनि केही विविधता हुने नै भयो । योनिको सालाखाला लम्बाइको कुरा गर्ने हो भने लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको बेलामा यसको लम्बाइ केही बढ्न जान्छ र ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । नली आकारको अङ्ग भए पनि यसले पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ताहरू एक अर्कासँग टाँसिएका हुन्छन् । योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अङ्गमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन नापको लिङ्ग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा (औंला होस् वा लिङ्ग वा अरू कुनै वस्तु ) प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो कुरामा टाँसिएको अवस्थामा नै हुन्छ । वस्तुअनुसार नै यसको गोलाइमा परिवर्तन हुन्छ । कुरा बुझ्न सजिलो होस् भनेर एकपल्ट ओंठ (मुख) सँग दाँजौं । सामान्य अवस्थामा माथि र तलतिर गरेर ओठको निश्चित सालाखाला नाप हुने गर्छ । तर यसको अर्थ यो होइन कि अलिकति सानो वा ठूलो भयो भन्दैमा ओठले समात्नै वा च्याप्ने नसक्ने त होइन । ओठले काँटी वा सियोजस्तो पातलो कुरालाई पनि समाउन सक्छ र केही मोटो जस्तै कि केरा वा पाइपजस्ता कुरालाई पनि । योनिमा पनि यस्तै हुने भएकाले पातलो र मोटो कुरालाई ओठले समाउन सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।

एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ? पक्कै नै हुादैन । योनि कसिलो बनाउन चाहने हो भने योनिको मांसपेशीलाई कडा बनाइराख्न केगेल कसरत एक राम्रो उपाय हो । केगेल कसरत हामीले पिसाब फेर्दा रोक्नलाई प्रयोग गर्ने मांसपेशीको कसरत हो । मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्‍याउने, तेहर्‍याउने गरेर कसरत गरिन्छ । पछि यो मांशपोशी बलियो भए पछि यसलाई संकुचित गरेर यौन सम्पर्कको बेलामा तपाईंको पे्रमी वा भनौं हुनेवाला श्रीमान्को लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ र दुवैलाई यौन सुख प्राप्ति गर्न मद्दत मिल्छ

0 Responses to “के औंला पसाउँदा योनिको प्वाल ठूलो हुन्छ ?”:

Leave a comment